काठमाडौँ । नायिका प्रियङ्का कार्कीसँग रोमान्टिक अवतारमा देखिएका यी ह्याण्डसम हिरो हुन् दाङका नरेश रेग्मी। ह्याण्डसम नरेशसँग प्रियंका भिडियोमा गज्जबले खुलेकी छिन् । माया प्रेम र रोमान्सले भरिएको तिम्रै हुँ म बोलको भिडियोलाई यो समाचार तयार पार्दासम्म साडे ४ लाख बढी दर्शकले हेरिसकेका छन्। नरेश स्वयमको स्वर रहेको गीतमा प्रियंका र नरेश दुवैले निकै मेहेनत गरेको देखिन्छ । नेपाल आएको मौकामा नरशले हरेक वर्ष भिडियो निर्माण गर्ने गर्छन् । प्रवासमा बस्दै आएका गायक तथा मोडल रेग्मीले प्रवासीको कथालाई पनि भिडियोमा समेटेका छन् । एनआर क्रियशनले बजारमा ल्याएको तिम्रै हुँ ममा वामदेव रेग्मीको शब्द, प्रकाश रेग्मीको संगीत रहेको छ भने भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् । नायिका कार्कीकाले यो गीतमा आफ्नो अघिल्ला भिडियोहरूभन्दा फरक शैलीमा अभिनय गरेकी छन् । संगीतकार प्रकाश गायक तथा मोडल नरेशका सहोदर दाजु हुन् ।
लामो समय काठमाडौँ बसेर संगीतमा संघर्ष गरेका प्रकाश अहिले दागंमा छन् । त्यस्तै निर्देशक मौसम हिमालीले पनि भिडियोमा नरेश र प्रियंकाको जोडीलार्य रियल देखाउन खुबै मेहेनत गरेको देखिन्छ । म सास बन्न पाए तिम्रो मुटुसम्म पुग्थे बोलको गीतबाट चर्चामा आएका गायक रेग्मीले पछिल्ला वर्षहरूमा निरन्तर नयाँ गीतहरू सार्वजनिक गर्दै आएका छन् । यसपटक नरेशले भिन्न स्वाद र शैलीमा तयार पारेको तिम्रै हुँ म टिकटक र रिल्समा पनि खुबै रुचाइएको छ । जसले युवा पुस्ताको मन जितेको गायक नरेश बताउँछन् । दाङमा जन्मिएका रेग्मी सानै उमेरदेखि संगीतप्रेमी हुन् । दुई दशकदेखि सांगीतिक यात्रामा सक्रिय उनले दर्जनौँ गीतमा स्वर दिईसकेका छन् र विभिन्न म्यूजिक भिडियोमा अभिनयसमेत गरेका छन् । हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका रेग्मीले विदेशमा रहे पनि हरेक वर्ष मातृभूमि र युवा पुस्ताको भावनासँग जोडिएका गीतहरू सार्वजनिक गर्दै आएका छन् । ‘तिम्रै हुँ म’ को म्यूजिक भिडियो अहिले विभिन्न डिजिटल प्लेटफर्ममार्फत श्रोतामाझ उपलब्ध छ ।





