काठमाडौं/ नेपाल वायुसेवा निगममा संचालक समितिका सदस्यको रुपमा कार्यरत अमृत मान श्रेष्ठलाई सरकारले कार्यकारी संचालकको रुपमा पदबहाली गरेका छन् । आज मिति २०८२/ ०८/ ४ बाट कार्यकारी संचालकका रुपमा निगममा पदबहाली ग्रहण गरेका हुन् ।
मन्त्रीपरिषद्को २०८२ मंसीर २ को निर्णयानुसार नेपाल वायुसेवा निगम ऐन २०१९ बमोजिम महाप्रबन्धकको काम, कर्तव्य समेत गर्ने गरी उनलाई नियूक्त गरिएको थियो ।

पदबहाली कार्यक्रममा निगम कर्मचारीले कार्यकारी संचालकलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

निगममा पदबहाली पछि उनले निगमको कार्यकारी समितिको बैठक बोलाई निगमको समग्र विषयको जानकारी विभागिय प्रमुखहरुबाट लिए ।
निगमको बैठकलाई अन्त्य गर्नुपूर्व सम्बोधन गर्दै कार्यकारी संचालक श्रेष्ठले निगमको हितमा लाग्न सम्पूर्ण कर्मचारीलाई निर्देशन दिएका छन् ।

इजरायलको क्ष्ब्क्ष् मा मर्मतका लागि पठाइएको निगमको इन्जिन आफ्नो जहाजमा जडान गरी लिजमा लिएको इन्जिन फिर्ता गर्ने कार्य तत्कालै टुङ्गयाउने गरी कार्य आरम्भ गरिसकेको जानकारी पनि दिए ।

यस्तैगरी सम्बन्धित कर्मचारीले सोही अनुसार कार्य गर्न समेत निर्देशन दिइएको प्रवक्ता अनिल घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया