मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । आम्दानी बढ्नेछ र परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार व्यवसायमा सामान्य फाइदा भएपनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय आएको छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, त्यसैले अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइने सम्भावना छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । स्वास्थ्यका लागि आहार–विहारमा ध्यान पुर्याउनुहोला । छर–छिमेकमा असमझदारी बढ्ने सम्भावना भएकाले होसियारी साथ काम लिनुहोला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ, तर कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्न सक्छ । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ईर्ष्यालु व्यक्तिहरूले काम बिगार्ने प्रयास गर्न सक्छन् । बुद्धिको प्रयोगले मात्र प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट विशेष लाभ उठाउने अवसर प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेका सफलताले उत्साह जगाउनेछन् । बोली र प्रस्तुतीको माध्यमबाट लाभ उठाउन सकिनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आय–आर्जन राम्रो हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । तर पुरानो समस्याले केही झमेला ल्याउन सक्छ । दाम्पत्य जीवनमा शंका र असमझदारी बढ्न सक्छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । यात्राबाट विशेष लाभ होला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन्, त्यसैले सावधान रहनुहोस् । सहयोगीहरूको भर पर्नु ठीक नहोला । प्रतिष्ठा, मान सम्मान प्राप्त हुने योग छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । कामको प्रशंसा हुनाले उत्साह बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मेहनत र परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ । घरायसी काम बन्नेछन् । परिस्थिति अनुसार चल्न नसक्ता दु:ख पाइनेछ । सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती आउन सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । सोचेका केही काम नबन्ने सम्भावना पनि रहन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुख दु:खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरूको संख्या बढ्नेछ । आय–आर्जनका स्रोत बढ्नेछन् र व्यापारमा पनि राम्रो फाइदा हुने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रेम र मित्रताको बन्धन मजबुत बन्नेछ । दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछन् । यत्न गरिएको काम छोटो समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छा शक्ति बढ्नेछ र लगनशीलताले कीर्तिमान स्थापित गर्न सकिनेछ । विभिन्न अवसर जुटेपनि अरूलाई बचन दिने बानीले दु:ख पाइने सम्भावना छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । व्यवसायिक काममा खर्च बढ्नेछ । अर्थ अभाव महसुस भएपनि चिताएको काम सम्पन्न गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वत: हट्नेछन् भने कर्म योग र आम्दानीले पछ्याउनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । मनमा डर लागेपनि अवसरहरू क्रमश: बढ्नेछन् । तार्किक क्षमता र बोलीको प्रभाव बढ्नेछ । आर्जित धन खर्च हुन सक्छ, तर आफ्नै प्रयासले लाभ प्राप्त हुनेछ । प्रतिस्पर्धीहरूलाई हराउन सकिनेछ ।

तपाईको प्रतिक्रिया