झापा, १५ असार। जबरजस्ती करणी गरेको अभियोगमा झापामा एकजना पक्राउ प्रकाउ परेका छन । 

 

३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका–५ शिवगंज बस्ने ४५ वर्षीय मनोज माझीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

 

मनोजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

तपाईको प्रतिक्रिया