सन्तोष सुवेदी

पाख्रीबास (धनकुटा), असार १५ गते । धनकुटामा प्रहरीले ठुलो परिणममा गाँजा बोकेको मिनी ट्रक र मोटर साइकलसहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार बिहान धनकुटाकाबाट गाँजासहित उनिहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले एकै दिन ठुलो परिणममा ७९५ केजी अवैध लागुऔषध गाँजा नियन्त्रणमा लिएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, कोलबोटेस्थित कोशी लोकमार्ग धनकुटाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को. १ ख. ४६३५ नम्बरको मिनी ट्रक र साँगुरीगढी गाउँपालिका–७, स्थित डाँडाबजारबाट ओख्रे जाँदै गरेको ६४ प. १४३५ नम्बरको बाइकबाट २० केजी गाँजा बरामत भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी नारायण रंजितकारले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा ट्रकको ढालाभित्र आलुको बोराले छोपेर लुकाएर राखिएको अवस्थामा २५ ओटा पोकमा गाँजा बरामद भएको जनाएको छ ।

पक्राउ पर्नेमा मिनी ट्रक चालक धनकुटा पाख्रीबास नगरपालिका–१ स्थायी घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित आँपगाछीमा बस्दै आएका ३३ वर्षीय परीक्षण कुँवर रहेका छन् ।

यस्तै साँगुरीगढीका विषेश राईले चलाएको मोटरसाइकल शङ्का लागि चेक जाँच गर्ने क्रममा पछाडी मोटरसाइकलको पछाडि जेब्र झोला बाधेको अवस्थामा २० किलो गाँजा बरामत भएको प्रहरीले प्रहरी प्रमुख एसपी रंजितकारले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएको गाँजासहित मिनी ट्रक, मोटरसाइकल र दुई जना चालकलाई माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

तपाईको प्रतिक्रिया