जुम्ला । संस्कृतिविद् रमानन्द आचार्यले खस भाषा शब्दकोषका रुपमा तयार गरेको ‘खसिया आखर’ पुस्तक सार्वजनिक भएसँगै जुम्लासहित माथिल्लो कर्णाली भेगका जनतामा खुसी छाएको छ ।
खस भाषाको उद्गमस्थलका रुपमा परिचत जुम्लासहित कर्णाली क्षेत्रका जनताले ४० हजार शब्दसहितको महत्वपूर्ण एवं ऐतिहासिक दस्तावेजका रुपमा पुस्तक प्रकाशन भएकामा लेखक तथा कर्णाली प्रदेश सरकारलाई धन्यवाद दिएका छन् ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा प्रकाशित उक्त पुस्तकले खस भाषाको संरक्षण र प्रवद्र्धनमा सहयोग पुर्याउन पुस्तकका लेखक आचार्यले जानकारी दिए ।





