हमासले फिर्ता गरेका दुई जना बन्धकको शवको पहिचान भएको छ । त्यी शव इजरायली नागरिक आर्येह जाल्मानोविच र मास्टर सार्जेन्ट तामिर अदारको रहेको इजरायलको सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
इजरायल रक्षा बल (आईडीएफ) ले विज्ञप्तिमार्फत् ८५ वर्षीय जाल्मानोविचलाई किबुट्ज निर ओजमा रहेको उनको घरबाटै अपहरण गरी सन् २०२३ को नोभेम्बर १७ तारिखमा मारिएको थियो । त्यस्तै ३८ वर्षीय तामिर अदार नीर ओज सामुदायिक सुरक्षा टोलीका सदस्य रहेका र उनको अक्टोबर ७ तारिखमा हमाससँग लड्दा ज्यान गएको थियो ।
अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत २८ मृतक इजरायली बन्धकहरूमध्ये १५ वटा शव हस्तान्तरण भएको छ । गाजामा इजरायली आक्रमणबाट ६८ हजार भन्दा बढी मानिसहरू मारिएका छन् ।





