काठमाडौँ । लक्ष्मीपूजा अर्थात् सोमबार साँझ देशभर १६५० मेगावाट बिजुली खपत भएको छ । जुन अन्य दिनको तुलनामा उच्च रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत) १६५० मेगावाट पुगेको जनाएको छ । कुल प्रणाली माग २६ सय ६५ मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।

गत वर्षको लक्ष्मीपूजामा १६ सय ५ मेगावाट खपत भएको प्राधिकरणको भनाई छ । बढी बिजुली खपत गर्ने उद्योग बन्द हुने भए पनि हरेक घरदेखि उद्योगसम्म झिलिमिली बत्ती बालिन्छ ।

तपाईको प्रतिक्रिया