मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अचानक धन लाभ हुने योग छ । नयाँ आयस्रोत बन्न सक्छन् । लामो यात्राको सम्भावना देखिन्छ । साथी तथा परिवारबाट सुख, सहयोग र शान्ति प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नसोचेको स्थानमा खर्च बढ्ने सम्भावना छ । व्यर्थका खर्चहरूले मन पिरोल्न सक्छ । आर्थिक योजना सावधानीपूर्वक बनाउनुहोस्, अनावश्यक खर्चबाट बच्नुपर्ने समय हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्तजन वा प्रिय व्यक्तिसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ । पारिवारिक वातावरण सुखद हुनेछ । सम्बन्धमा नजिकापन बढ्नेछ र मनमा सकारात्मक ऊर्जा प्रवाह हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक लाभ हुने योग छ । बचत बढ्ने सम्भावना प्रवल छ । नयाँ कामका योजनाहरू बन्नेछन्, ती योजनाहरूले भविष्यमा फाइदा दिलाउनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनोरञ्जनात्मक तरिकाबाट काम बन्ने सम्भावना छ । रमाइलो गतिविधिबाट फाइदा हुनेछ । पशुधन, जमिन वा सम्पत्तिबाट लाभ मिल्नेछ । नयाँ योजनाहरू सुरु गर्न अनुकूल समय हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वादविवाद र अनावश्यक तर्क-वितर्कको सामना गर्नु पर्न सक्छ । आगो र मेसिनरी सामग्रीसँग सावधानी अपनाउनुहोस् । आजका योजना पूर्ण रूपमा कार्यान्वयन नहुन सक्छन्, धैर्य आवश्यक छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य क्षेत्रमा केही डर या तनाव हुन सक्छ । तथापि, मान सम्मान प्राप्त हुनेछ । स्वास्थ्य अवस्था सामान्य रहला । आर्थिक पक्षबाट भने लाभदायी दिन हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन रमाइलो र प्रसन्नतापूर्ण रहनेछ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनोरञ्जनका अवसरहरू बढ्नेछन् र मनमा उत्साह छाउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अप्रत्याशित लाभ हुने योग छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । काममा आत्मविश्वास र ऊर्जा बढ्नेछ । वैदेशिक सम्बन्ध वा कामकाजमा पनि फाइदा पुग्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अनावश्यक झमेलामा पर्न सकिने सम्भावना छ, त्यसैले सावधानी अपनाउनुहोस् । साना हानि वा असहजता हुन सक्छ । शत्रु वा विरोधी सक्रिय हुन सक्छन्, सतर्क रहनुहोस् । स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोस् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धन आर्जनका दृष्टिले राम्रो दिन हो । अन्न वा कृषि सम्बन्धी कार्यमा लाभ हुनेछ । अरूको सहयोग र समर्थन पाउने समय हो । आत्मबल र आत्मविश्वास बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राम्रो कमाइका कारण मन प्रशन्न रहनेछ । आर्थिक क्षेत्रमा प्रगति र उन्नति हुनेछ । नसोचेको स्थान वा स्रोतबाट धन लाभ भई खुशी बढ्नेछ । पारिवारिक वातावरण पनि सकारात्मक रहनेछ ।