काठमाडौं, ९ मंसिर ।  इन्डियन प्रिमियर लिग २०२७ को अक्सनका लागि नेपालका १० खेलाडीले नाम दर्ता गराएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपालबाट १० खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन् ।

आगामी सिजनको अक्सनका लागि कुल एक हजार २२० खेलाडीले नाम दर्ता गराएका छन्, जसमा ९३९ भारतीय र १७ देशका २८१ विदेशी खेलाडी छन् ।

विदेशी खेलाडीको दर्तामा नेपाल र यूएईबाट समान १०–१० खेलाडी छन् । नेपालका १० खेलाडीको नाम दर्ता भए पनि उनीहरूमध्ये कति खेलाडी अन्तिम अक्सन सूचीमा पर्छन् भन्ने टुंगो भने डिसेम्बर ४ मा लाग्नेछ ।

तपाईको प्रतिक्रिया