प्रधानमन्त्री बालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमै कार्यान्वयन गर्न सबै पक्षलाई आह्वान गरेका छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चिततामा जोड दिएका छन्।

महिला, बालबालिका तथा सीमान्तकृत समुदाय लैङ्गिक हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै उनले डिजिटल माध्यमबाट हुने हिंसाप्रति समेत सचेत रहन आग्रह गरेका छन्।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियान यस वर्ष ‘पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित मनाइँदैछ।

तपाईको प्रतिक्रिया