काठमाडौं । पूर्वी नेपालका विभिन्न जिल्लामा बिहीबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ४ बजेर ४५ मिनेटमा गएको भूकम्पले पूर्वी क्षेत्रका हिमाली तथा तराईका जिल्लाका बासिन्दालाई त्रसित बनाएको छ।

स्थानीय बासिन्दाका अनुसार भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न जिल्लामा महसुस गरिएको थियो। नेपालबाहेक भारत, भुटान र चीनका केही क्षेत्रमा समेत कम्पन पुगेको बताइएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) को प्रारम्भिक विवरणअनुसार ४.६ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङको लेलेपबाट करिब २० किलोमिटर उत्तरतर्फ रहेको थियो।

भूकम्पका कारण भएको सम्भावित मानवीय तथा भौतिक क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन।

तपाईको प्रतिक्रिया