आजबाट नेपालीहरूको महान चाड बडा दशैं सुरु भएको छ, जसको पहिलो दिन घटस्थापना हो। यस दिन, पौराणिक र तान्त्रिक महत्व अनुसार शास्त्रीय विधीअनुसार दुर्गा भवानीको पूजा आराधना गर्ने गरिन्छ। घटस्थापना गर्दा शुद्ध माटो र गोबरले घरलाई शुद्ध बनाएर, शुभ मुहूर्तमा घडा स्थापना गरेर, सात प्रकारका अन्न (सप्तधान्य) छरिन्छ र नौ दिनसम्म शक्तिको पूजा आराधना गरिन्छ। दशमीको दिन, टीका लगाउने परम्परामा धर्म, अर्थ, काम, र मोक्षको प्राप्ति हुने विश्वास गरिएको छ। नवरात्रिका चार प्रमुख तिथिहरूमा आषाढ शुक्ल, आश्विन शुक्ल, माघ शुक्ल र चैत्र शुक्लका नवरात्रहरूले भक्तजनलाई विशेष उपासना गर्ने गरिन्छ। नवरात्रकाे पहिलो दिन शैलपुत्री देवीको पूजा आराधना गरिन्छ र सप्तधान्य छरिन्छ। दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा, तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा, चौथो दिन कुष्माण्डा देवीको पूजा, र पाँचौं दिन स्कन्धमाता देवीको पूजा गरिन्छ। यसक्रममा अन्य देवीहरूको पूजा, जस्तै कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पनि ध्यानपूर्वक पूजा गरिन्छ। प्रत्येक दिनको पूजा र प्रसाद अर्पणले भक्तजनलाई विशिष्ट आशीर्वाद र शक्ति प्राप्त हुने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया