काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्‍घाटन समारोहका लागि कीर्तिपुर मैदान पुगेका छन्।

प्रधानमन्त्री शाहलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री बालेनसँग शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल पनि सहभागी छन् ।

प्रधानमन्त्री शाहले एनपीएलको उद्‍घाटन खेल खेल्न लागेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सका खेलाडीहरूसँग हात मिलाएका थिए भने राष्ट्रिय गानपछि अम्पायरलाई क्रिकेट बल हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया