मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा कार्य क्षेत्रमा नयाँ योजनाहरू क्रियान्वित गर्न सक्नुहुनेछ । भाइबहिनीको सहयोग मिल्नाले पारिवारिक वातावरण सुखमय रहनेछ । श्रमको उचित मूल्यांकन मिल्नेछ । मेहनत र लगनशीलताले रोकिएका कार्य सम्पादन हुनेछन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा कार्य क्षेत्रमा नयाँ कार्य प्रारम्भ गर्ने समय रहेको छ । अनुकूल कार्य मिल्नाले मन प्रसन्न रहनेछ । साताको मध्यमा कार्य क्षेत्रमा प्रतिष्ठा बचाउनको लागि संघर्ष गर्नुपर्ला । साताको अन्तिममा कार्य क्षेत्रमा प्रतिष्ठित कार्य गर्ने समय रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा आफन्तहरूबाट सोचेजस्तो सहयोग नमिल्ला । व्यापार व्यवसायबाट मनग्य लाभ मिल्ला । साताको मध्यमा कार्य क्षेत्रमा आँटेको कार्य समयमा सम्पादन गर्न सक्नुहुनेछ । कला वा साहित्यको क्षेत्रमा विशेष सफलता मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा नोकरी वा पेशामा पदोन्नतिका योग छन् । कार्य समयमा सम्पादन हुनाले मन आनन्दित रहनेछ । साताको मध्यमा शेयर बाजारबाट मनग्य लाभ प्राप्त होला । साताको अन्तिममा अरुका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन् । साताको मध्यमा साहसिक कार्य गरेर आफूलाई चिनाउन सक्नुहुनेछ साथै प्रतिष्ठित कार्य गर्ने अवसर रहेको छ । साताको अन्तिममा व्यापार व्यवसायमा गोपनीयताको ध्यान राख्नुहोला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा साहसिक कार्य गर्ने समय रहेको छ । अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ । साताको मध्यमा घरपरिवारमा व्यक्तिगत कार्यको लागि समय निकाल्नुहोस् । साताको अन्तिममा अरुलाई प्रभावित पारेर कार्य बनाउन सक्नुहुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा सकारात्मक विचारले मन प्रसन्न रहनेछ । साझेदारी व्यापारमा लाभ रहनेछ । साताको मध्यमा पेटसम्बन्धी समस्या देखा पर्न सक्ला । खानपानमा विशेष ध्यान दिनुहोस् । साताको अन्तिममा विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा कार्य क्षेत्रमा नचाहेर पनि सम्झौता गर्नुपर्ला। कार्यक्षेत्रमा अरुको विवादास्पद समस्या निम्त्याउनु पर्ला । साताको मध्यमा प्रेम र मित्रताको बन्धन कसिनेछ । कार्य क्षेत्रमा आफ्नो कार्य कुशलताले अरुलाई आकर्षित गर्न सक्नुहुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा संचित धनमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा नयाँ अवसरहरू हात लागि पर्नेछन् । विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्नेछ । साताको मध्यमा कार्य क्षेत्रमा श्रमको अनुरूप सफलता मिल्नेछ । नोकरी वा पेशामा नयाँ जिम्मेवारी मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा आफुलाइ ऊर्जावान महसुस गर्नुहुनेछ । रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । साताको मध्यमा अगाडिका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ । बिछोडिएका परिजनहरूसँग भेटघाटका योग छन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा नोकरी वा पेशामा कार्यलाई टाल्नुभन्दा बनाउने प्रयास गर्नुहोस् । कारोबार विस्तारको योजनाहरू बन्नेछन् । साताको मध्यमा नोकरी वा पेशामा योग्यताको मूल्यांकन हुनेछ । कार्य क्षेत्रमा नयाँ कार्यको प्रस्ताव मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा कार्य क्षेत्रमा संघर्ष अनुरूप फलको प्राप्ति हुनेछ । साताको मध्यमा उद्योग जगतबाट नँया कीर्तिमान स्थापित गर्न सकिनेछ । आय आर्जनका नयाँ स्रोतहरू बन्नेछन् । साताको अन्तिममा महत्कांक्षी योजनाहरू पूरा गर्न सकिनेछ ।





