काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले कोसी प्रदेशमा प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीमाझ ‘सेमिनार अन कोसी लिडरसिपः इन्स्पायरिङ पर्फर्मेन्स एन्ड अचिभिङ एक्सिलेन्स’ कार्यक्रम आयोजना गरेको छ।
सेमिनार प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको बैंकले जनाएको छ।
सेमिनारमा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षा एवं चालू आर्थिक वर्षका प्राथमिकतामा छलफल गर्दै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा छलफल गरिएको थियो।
बैंकले हालै मधेस र बागमती प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरेको थियो। त्यसैको निरन्तरतास्वरूप कोसीमा कार्यक्रम आयोजना गरिउको बताएको छ। अन्य प्रदेशमा पनि कार्यक्रम आयोजना गरिने बैंकको भनाइ छ।
बैंकले २०० शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित इकाइबाट सेवा दिँदै आएको छ।