विराटनगर — सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय रानी, मोरङले सीमा क्षेत्रबाट बरामद गरेको रु. ४ लाख ९ हजार २ सय ७५ बराबरका अवैध सामान विराटनगर भन्सार कार्यालयमा बुझाएको छ।

सशस्त्र प्रहरीले साउन ८ गते विभिन्न स्थानमा सञ्चालन गरेको निगरानीका क्रममा किराना सामग्री, लत्ताकपडा, मोटर पार्ट्स, गहना राख्ने बट्टा, नक्कली गरगहना तथा अन्य सामग्री बरामद गरेको जनाएको छ। बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया अघि बढाउन विराटनगर भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

भारतसँग सीमा जोडिएको मोरङ क्षेत्रमा भन्सार छली गरी सामान भित्र्याउने गतिविधि रोक्न सशस्त्र प्रहरीले सीमा निगरानी कडा बनाउँदै आएको छ। पछिल्ला दिनमा सीमा क्षेत्रमा गस्ती र चेकजाँच प्रभावकारी बनाइएपछि भन्सार छलीका सामान नियमित रूपमा बरामद भइरहेका छन्।

तपाईको प्रतिक्रिया