काठमाडौं।स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ।

विभागले किसु चमेनागृहलाई २० हजार जरिवाना गरिएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम खरिद बिल बिजक नराखेकाले सोही ऐनको दफा ३८ ९घ० बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ।

यस्तै, काठमाडौँको जडीबुटीमा रहेको क्याल्मेरा अटाएर प्रालिलाई पाँच हजार जरिवाना गरेको छ। विभागले कुल १२ फर्ममा अनुमगन गरेकामा १० वटालाई भने सुधारात्मक निर्देशन दिएको छ।

उद्योग, फर्मको अनुमगन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देश एवम् कारबाही गरिएको विभागले स्पष्ट पारेको छ।

बजारमा स्वच्छता कायम राख्न, अखाद्य वस्तुको कारोबार रोक्न, बिल बिजक जारी गराउन विभागले नियमित अनुमगन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया