नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगाउँदा काम गरिरहेका ६ किसान घाइते भएका छन्।

स्थानीय किसान नोमराज भट्टको खेतमा रोपाईं गरिरहेका बेला सोमबार एक्कासि ठूलो पहिरो गएको हो । घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर छन् ।
उनलाई करिब ७÷८ सय मिटर तल जंगलमा पहिरोको बीचबाट उद्धार गरिएको थियो ।

भट्टको काठमाडौँको ग्राण्डी अस्पतालमा ल्याएर उपचार भइरहेको छ ।

सामान्य घाइतेको स्थानीय चारघेर उपस्वास्थ्य चौकीमा उपचार गरिएको छ । माथिबाट पहिरो खसेको देखेपछि काम गरिरहेका किसान भागेकाले धेरैको ज्यान जोगिएको प्रत्यक्षदर्शीले जानकारी दिए।

पहिरोले करिब ७ रोपनी खेत पुरै बगाएको नोमराजका छोरा रामशरणले बताए । ‘करिब ७ रोपनी खेत बगायो, खेत पुरै भीरजस्तो भएको छ’, उनले भने ।

तपाईको प्रतिक्रिया