काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दर्ता गरेको छ।
अख्तियारले अधिकारीमाथि एक करोड ७१ लाख रुपैयाँ बिगो माग गर्दै सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको हो।
अधिकारीले गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालबाट १३ आना जग्गा लिएको अख्तियारको दाबी छ।







