काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारमा पत्रकार जगदीश्वर पाण्डे नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को बैठकले उनलाई विशिष्ट श्रेणी (सचिव) सरहको प्रेस सल्लाहकारमा नियुक्त गरेको हो। 

नवनियुक्त सल्लाहकार पाण्डेसँग ख्यातिप्राप्त सञ्चारमाध्यमहरू कान्तिपुर दैनिक र द हिमालयन टाइम्समा परराष्ट्र नीति, रक्षा, राजनीति, अन्तर्राष्ट्रिय विकास तथा खेलकुद क्षेत्रको बिटमा रहेर लामो समय रिपोर्टिङ गरेको अनुभव रहेको छ।

तपाईको प्रतिक्रिया