काठमाडौं, ५ साउन । निर्वाचन आयोगको भावी कार्यकालका लागि प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ अर्को साता हुने भएको छ ।

 

आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित आयुक्तहरूको सुनवाइ साउन १२ र १३ गते गर्ने भएको हो । जसअनुसार २ जना आयुक्तको सुनुवाइ साउन १२ गते र प्रस्तावित प्रमुख आयुक्तको सुनुवाइ साउन १३ गते गरिन लागिएको हो ।

गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र आयुक्तहरूका डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।
 

आजको बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरूले पेस गरेको कार्ययोजना वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया