काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम ले प्रधानमन्त्रीको तर्फबाट ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१–०८२’ र ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१–०८२’ पेश गर्नेछिन्।
साथै, ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।








