काठमाडौं, २४ असार । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड ले आफ्ना सेयरधनीसँग सम्बन्धित अभिलेख तथा धितोपत्र व्यवस्थापनको जिम्मेवारी नयाँ सेयर रजिष्ट्रारलाई सुम्पिएको छ। संस्थाले साउन १ गतेदेखि लागू हुने गरी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड लाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो।
संस्थाका अनुसार असार १९ गते बसेको सञ्चालक समितिको बैठकले धितोपत्र कारोबारसँग सम्बन्धित सम्पूर्ण रजिष्ट्रार सेवा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलमार्फत सञ्चालन गर्ने निर्णय गरेको थियो।
नयाँ व्यवस्था लागू भएपछि सेयरधनीको अभिलेख अद्यावधिक, सेयर दाखिल–खारेज, नामसारी, रोक्का, स्वामित्व विवरण व्यवस्थापन तथा धितोपत्र प्रशासनसँग सम्बन्धित सम्पूर्ण कार्य सेयर रजिष्ट्रारले सम्हाल्नेछ।
संस्थाले सेयरधनीलाई प्रभावकारी र व्यवस्थित सेवा उपलब्ध गराउने उद्देश्यले सेयर रजिष्ट्रार नियुक्त गरिएको जनाएको छ।







