विराट नर्सिङ होमको प्राविधिक सहयोगमा ७३ पत्रकारको स्वास्थ्य परीक्षण
विराटनगर, ११ पुस — नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा आज सम्पन्न स्वास्थ्य शिविरमा ७३ जना पत्रकारहरूले स्वास्थ्य परीक्षण गराएका छन्। विराट नर्सिङ होमको प्राविधिक सहयोगमा आयोजित शिविरमा मुटु, आँखा र कानसम्बन्धी परीक्षण गरिएको हो।
स्वास्थ्य परीक्षणका क्रममा पत्रकारहरूमा उच्च रक्तचाप र आँखासम्बन्धी समस्या बढी देखिएको चिकित्सकहरूले जानकारी दिएका छन्। शिविरमा ७ जना विशेषज्ञ चिकित्सकसहित १४ जनाको स्व...









