विराटनगरको एभरेष्ट मा बि मा२५० विद्यार्थीले गरे दशैँदेखि छठसम्मका पर्वको अभ्यास
विराटनगर। विराटनगर–५ स्थित एभरेष्ट माध्यमिक विद्यालयको मन्टेश्वरी तहमा अध्ययनरत २५० विद्यार्थीले नेपाली चाडपर्व, संस्कार र संस्कृतिलाई व्यवहारमै प्रस्तुत गरेका छन्। दशैँ, तिहार, नेपाल संवत्, म्हः पूजा र छठ पर्वको महत्त्व, धार्मिक मान्यता तथा मनाउने विधिबारे विद्यार्थीलाई व्यावहारिक ज्ञान दिने उद्देश्यले विद्यालयले विशेष कार्यक्रम आयोजना गरेको हो।
पाठ्यक्रममा नेपाली चाडपर्वसम्बन्धी विषय समावेश भए ...








