विभागद्वारा ९ वटा व्यवसायमा अनुगमन, ६ वटा फर्मलाई ३ लाख २१ ह्जार जरिवाना
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न व्यवसाय तथा फर्ममाथि अनुगमन गरेको छ। विभागको टोलीले ९ वटा फर्म तथा व्यवसाय अनुगमन गरी ६ वटा फर्मलाई जरिवाना तथा ३ वटा फर्मलाई सुध्रिन निर्देशन दिएको हो।
विभागले बिहीबार गरेको अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–३१ भृकुटीमण्डपस्थित काठमाडौं फन पार्कलाई २ लाख ५ हजार...









