आजको राशिफल ~ वि.सं २०८२ श्रावण २४ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । स्थापित व्यवसाय, कृषि कर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । विना कारण अनेक चुनौतीको सामना गर्नुपर्ला । आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । ...



