‘दिदी भाइ ५’ सार्वजनिक
काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रमा लोकप्रिय शृङ्खला ‘दिदी भाइ’ को पाँचौं संस्करण ‘दिदी भाइ ५’ सार्वजनिक गरिएको छ। पारिवारिक सम्बन्ध, आत्मीयता र सामाजिक सन्देशलाई केन्द्रमा राखेर तयार गरिएको गीतमा देवी आचार्य, अर्जुन पन्त र कृष्ण कँडेलले स्वर दिएका छन्।
गीतका शब्द कृष्ण कँडेलले लेखेका हुन् भने संगीत अर्जुन पन्तको रहेको छ। संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ तेजेन्द्र दुराले गरेका छन्। रेकर्डिङ...









