उपमेयर कप खोखो बुधबारदेखि

उपमेयर कप खोखो बुधबारदेखि
काठमाडौँ, असार ८ गते । काठमाडौँ महानगरपालिकाको आयोजनामा असार १० देखि १३ गतेसम्म विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा काठमाडौँ महानगरभित्रका विभिन्न १० सामुदायिक विद्यालयका पुरुष र महिलामा गरी १८ टोलीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा काठमार्डौँ महानगरपालिका खोखो सङ्घका अध्यक्ष दीपक महर्जनले जानकारी दिनुभयो । नेपाल खोखो सङ्घको प्राविधिक स...

तीन सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया

तीन सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया
काठमाडौं । मात्रिका आँखा केन्द्रले विभिन्न ठाउँमा सञ्चालन गरेको आँखा शिविरमा तीन सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया भएको छ।  तीन चरणमा गरिएको शिविरबाट करिव पाँच हजारभन्दा धेर आँखाका विरामीहरु लाभान्वित भएका हुन्।  शिविरको  क्रममा आँखा जाँच गर्ने देखि निःशुल्क औषधी वितरण लगायका काम हुँदै आइरहेको छ। केन्द्रले काठमाडौं उपत्यकाबाहिर पनि माग भएको खण्डमा निशुल्क आँखा शिविर र औषधी  पनि निश...

चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न दुई जना पक्राउ

चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न दुई जना पक्राउ
कास्की, ८ असार । चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ शिवनगर टोल बस्ने सर्लाही लालबन्दी नगरपालिका-१७ घर भएका ३५ वर्षीय भुवन बहादुर साह शंकर र कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भएका ३५ वर्षीय बिराज सुनार रहेका छन् ।    पोखरा महानगरपालिक...

असल नियतले सेवा दिए स्वास्थ्यकर्मी दण्डित हुँदैनन् : न्यायाधीश

असल नियतले सेवा दिए स्वास्थ्यकर्मी दण्डित हुँदैनन् : न्यायाधीश
सुर्खेत। सुरक्षित गर्भपतन सेवा प्रदान गर्दा स्वास्थ्यकर्मीले कानुनी कारबाहीको त्रासभन्दा पनि कानुनको सही ज्ञान, पेसागत मर्यादा र असल नियतका साथ काम गर्नुपर्ने सरोकारवालाले बताएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा स्वास्थ्य लाइभ मिडियाले आयोजना गरेको ‘सुरक्षित गर्भपतन तथा कानुन कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा न्यायाधीश, सरकारी वकिल, प्रशासन, प्रहरी तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधिह...

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल नियन्त्रणमा

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल नियन्त्रणमा
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई सुर्खेतबाट पक्राउ गरेको हो। पार्टीको प्रदेशस्तरीय कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ। उनीमाथि सेयर कारोबार र सम्पत्तिको स्रोत शंकास्पद देखिएकाले सोही विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको विभाग सम...

राहदानी छपाइ प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राहदानी छपाइ प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाण्डाै – राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । राहदानी छपाइ ठेक्का प्रकरणमा अनियमितता भएको भन्दै अख्तियारले आज १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले राहदानी विभागका महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, लेखा अधिकृत तुलसीप्रसाद आचार्यलगायतविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले राहदानी छाप...

बजेटमाथिको सामान्य छलफल जारी

बजेटमाथिको सामान्य छलफल जारी
विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट माथिको सामान्य छलफल जारी छ। आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल प्रारम्भ गरियोस भनी सदनमा प्रस्ताव गर्नु भएपछि छलफल जारी भएको हो। छलफलमा प्रदेशसभा सदस्य प्रेमराज थाम्साङले बजेटको स्रोतको सुनिश्चितता गर्ने जिम्मेवारी सरकारको हो भन्दै शिक्षा र स्वास्थ्यमा ल...

एलसी खोलिसकेका र नेपाल भित्रिएका सार्वजनिक सवारीको दर्ता आंशिक रूपमा खुला

एलसी खोलिसकेका र नेपाल भित्रिएका सार्वजनिक सवारीको दर्ता आंशिक रूपमा खुला
काठमाडौं। यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधन दर्ता प्रक्रियालाई आंशिक रूपमा खुलाउने निर्णय गरेको छ। गत जेठ ७ देखि पूर्ण रूपमा अनिश्चितकालका लागि रोक्का गरेको सार्वजनिक सवारीसाधन दर्ता प्रक्रियालाई विभागले आंशिक रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो। विभागले असार ८ गते देशका सातै प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै दुई सर्त पूरा गरेका सार्वजनिक सवारी दर्ता खुला गरिएको जानकारी गराएको हो। ...

रास्वपाको प्रथम महाधिवेशन : खुला केन्द्रीय सदस्यमा निर्मल गौतमको दाबी

रास्वपाको प्रथम महाधिवेशन : खुला केन्द्रीय सदस्यमा  निर्मल गौतमको दाबी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै नेतृत्वका लागि उम्मेदवारको चर्चा र सरगर्मी ह्वात्तै बढेको छ। कतिपय आकांक्षीले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने कतिपयको सम्भावित पदलाई लिएर पार्टीभित्र र बाहिर विभिन्न अडकलबाजी भइरहेका छन्। यसैबिच सामाजिक कामदेखि युवा राजनीतिमा क्रियाशील निर्मल गौतमले रास्वपाको केन्द्रीय सदस...

स्थानीय तहको संख्या घटाइने, नगरपालिकाको संख्या बढाइँदै

स्थानीय तहको संख्या घटाइने, नगरपालिकाको संख्या बढाइँदै
काठमाडौं : सरकारले संविधानले तोकेकै आधारमा संघीय संरचनाको पुनर्संरचना अभ्यास सुरु गरेको छ । संघीय संरचना कार्यान्वयनमा आएको झन्डै एक दशकपछि सरकारले गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सीमाको पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाएको छ । स्थानीय तह पुनर्संरचना भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमा हेरफेर र नगरपालि...