स्रोत नखुलेको ३९ लाखसहित गोकर्णेश्वरमा एक पक्राउ
काठमाडौं, १९ असार । प्रहरीले स्रोत नखुलेको रकमसहित गोकर्णेश्वरबाट एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले बिहीबार दिउँसो बारा पचरौता नगरपालिका-७ घर भएका २३ वर्षीय मनमोहन साह कलवारलाई गोकर्णेश्वर नगरपालिका-५ पहेंलो पुलबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रहरी बृत्त बौद्धको टोलीले कवलारलाई नगदसहित पक्राउ गरेको थियो। कलवारको साथबाट ३९ लाख ४१ हजार ६२० रुपैयाँ नगद बर...









