११ फर्ममा वाणिज्यको स्थलगत अनुगमन, एउटा फर्मलाई २० हजार जरिवाना
काठमाडौं। स्थलगत अनुगमनका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गोकर्णेश्वर नगरपालिका–४ गोकर्णमा रहेको हरि एन्ड लक्ष्मण इन्टरप्राइजेजलाई २० हजार जरिवाना गरेको छ।
खरिद बिल बिजक नराखेको पाइएकाले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उक्त फर्मलाई जरिवाना गरिएको विभागले जनाएको छ।
मध्यपुर ठिमीमा रहेको जयसवाल ग्यास र बागबजारमा रहेको पोखरेली ग्यास सप्लायर्सलाई वितरण भएको खाना पकाउने ग्य...








