साउन २० गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज भावनामा बहकिएर निर्णय नगर्नु राम्रो हुनेछ । खर्च बढ्ने सम्भावना रहेकाले आर्थिक अनुशासन अपनाउनुहोस् । जिद्दीपनले काममा अवरोध ल्याउन सक्छ । सरकारी तथा कानुनी विषयमा विशेष सावधानी अपनाउनु उचित हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन शुभ रहनेछ । मेहनतअनुसार सफलता मिल्ने योग छ । अनुभवी व्यक्तिको साथ र सुझाव लाभदायी हुनेछ । अध्ययन, रोजगारी तथा पेश...








