टी-२० विश्वकप: सुपर- ८ को समीकरण आज पूरा हुँदै, पाकिस्तानलाई जित्नै पर्ने दबाब
विराटनगर / आईसीसी टी–२० विश्वकपमा आज सुपर–८ को समीकरण पूरा हुँदै छ। समूह ‘ए’ बाट सुपर–८ मा पुग्ने दोस्रो टिम तय भएसँगै अघिल्लो चरणमा पुग्ने सबै ८ टिमको टुंगो लाग्नेछ। अन्य समूहबाट अघिल्लो चरणमा पुग्ने टिम तय भइसकेकाले पाकिस्तान र नामिबियाबीच दिउँसो हुने खेलले सुपर–८ पुग्ने अन्तिम टिमको टुंगो लगाउनेछ।
समूह ‘ए’ बाट भारत शीर्ष स्थानमा रहेर सुपर–८ मा स्थान बनाउँदा दोस्रो टिमको टुंगो दिउँसो ३:१५ बजे...









