मोरङमा तस्कर भागेपछि प्रहरीको हवाई फायर, ३३० केजी गाँजासहित दुई भारतीय पक्राउ
मोरङ : नेपाल–भारत खुला सीमालाई प्रयोग गरी हुने लागूऔषध तस्करी नियन्त्रणमा प्रहरीले कडाइ बढाएको छ।
मोरङको सीमावर्ती क्षेत्रमा शनिबार मध्यराति गाँजा तस्करी भइरहेको सूचनापछि खटिएको प्रहरी टोलीले हवाई फायर गर्दै ३३० केजी गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जहदा गाउँपालिका–२ तारिगामा राति करिब १०ः३० बजे गाँजा भारततर्फ लैजाँदै गरिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पे...









