काठमाडौं । आज संघीय संसदका चार समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।
आज बिहान ११ बजेदेखि शुरु हुने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा जैविक तथा प्राङ्गारिक मलको उत्पादन, प्रयोग तथा प्रवर्द्धनका लागि आर्थिक तथा वित्तीय व्यवस्था, प्रोत्साहन तथा सहुलियत, उद्योग, बजार, निजी क्षेत्रको लगानी, अनुसन्धान तथा प्रविधि विकासलगायतका विषयमा छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै, विहान ९ बजेदेखि शुरु हुने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ उपर सैद्धान्तिक र संशोधन प्रस्तावकर्ता माननीय सदस्यसँग छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी, विहान ८ बजेदेखि शुरु हुने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मस्यौदा प्रतिवेदन माथि छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
त्यस्तै, बिहान ११ बजेदेखि शुरु हुने राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा दलितको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा’ मा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।





