साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा नेपालले बङ्गलादेशसँग खेल्ने

साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा नेपालले बङ्गलादेशसँग खेल्ने
काठमाण्डौ — साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा नेपालले बङ्गलादेशसँग खेल्ने भएको छ । भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा हिजो भएको समूह ‘बी’को अन्तिम खेलमा घरेलु टोली भारतले बङ्गलादेशलाई ३–० ले पराजित गरेपछि सेमिफाइनल समिकरण पूरा भएको हो । अब सेमिफाइनलमा नेपालले बङ्गलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ । नेपाल समूह ‘ए’ को विजेता बनेको छ भने बङ्गगलादेश समूह ‘बी’ को उपवि...

काठमाण्डौ महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण

काठमाण्डौ महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण
काठमाण्डौ महानगरपालिकाले हिजो लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । छात्रवृत्ति परीक्षा समितिको आजको निर्णय अनुसार न्युनतम ४० अङ्क हासिल गर्ने उम्मेदवारहरूको प्रारम्भिक योग्यता क्रम सहितको नतिजा प्रकाशन गरिएको हो । यो छात्रवृत्ति महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ मा अध्ययनका लागि हो । न...

जुवातास खेल्दै गरेका ६ जना पक्राउ, नगदसहित मोबाइल र मोटरसाइकल बरामद

जुवातास खेल्दै गरेका ६ जना पक्राउ, नगदसहित मोबाइल र मोटरसाइकल बरामद
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–११ पिपलचोकस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले होटल ड्रिमलेण्डको तेस्रो तलामा छापा मार्दा उनीहरू जुवातास खेलिरहेको अवस्थामा फेला परेका हुन्। प्रहरीले जुवाखालबाट नगद ५७ हजार ६२५ रुपैयाँ, तीन बुङ तास, ६ थान मोबाइल फोन तथा चार थान मोटरसाइकल बरामद गरेको जनाएको छ। पक्र...

अन्तर्राष्ट्रिय बजारमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा यथावत्

अन्तर्राष्ट्रिय बजारमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा यथावत्
काठमाडाैँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको बताएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमको भनाइ छ। निगमले पेट्रोलको पहिलो वर्गको मूल्य २१४।५० र दोस्रो वर्गको मूल्य २१६ र तेस्रो वर्गको मूल्य २१७ रहेको बताएको छ। यस्तै, डिजेल तथा मट्टीतेलको पहिलो वर्गको २२२.५० रुपैयाँ र दोस्रो वर्गको २२४ र तेस्रो वर्गको २२५ रहेको...

गुजरातलाई हराउँदै बेङ्गलुरुले जित्यो आईपीएल क्रिकेटको उपाधि

गुजरातलाई हराउँदै बेङ्गलुरुले जित्यो आईपीएल क्रिकेटको उपाधि
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बेङ्गलुरुले जितेको छ । गएराति भएको खेलमा बेङ्गलुरुले गुजरात टाइटन्सलाई ५ विकेटले हराएको हो । गुजरातले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले १८ ओभरमा ५ विकेट गुमाएर भेट्यायो । बेङ्गलुरुका विराट कोहलीले अविजित ७५ रन बनाए । गुजरातका रशिद खानले २ विकेट लिए । त्यसअघि अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा टस हारेर ब...

सभापति लामिछाने आज भारत जानुहुँदै

सभापति लामिछाने आज भारत जानुहुँदै
काठमाडौँ, जेठ १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार भारत भ्रमणमा जाने हुनुभएको छ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारत भ्रमण गर्नुहुने रास्वपाले जनाएको छ । पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार भ्रमणका क्रममा सभापति लामिछानेले भारतको नयाँ दिल्लीमा उच...

आजको राशिफल ~वि.सं. २०८३ ज्येष्ठ १८गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८३ ज्येष्ठ १८गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष राशि पुरानो लगानी वा प्रयासबाट न्यायसंगत लाभ प्राप्त हुने सम्भावना छ । तर पारिवारिक सम्बन्धमा केही कटुता आउन सक्छ । वरिष्ठ वा अभिभावकको सल्लाह बेवास्ता गर्दा कार्यमा अवरोध उत्पन्न हुन सक्ने भएकाले संयम अपनाउनु उचित हुनेछ । वृष राशि बौद्धिक तथा सृजनात्मक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने उद्योग वा व्यवसायमा गरिएको लगानी लाभदायक सिद्ध हुनेछ । आत्मविश्वास र...

विराटनगर ढुवानी व्यवसायी संघको वार्षिक साधारणसभा सम्पन्न

विराटनगर ढुवानी व्यवसायी संघको वार्षिक साधारणसभा सम्पन्न
विराटनगर, १७ जेष्ठ । विराटनगर ढुवानी व्यवसायी संघको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । मोरङको मिक्लाजुङ १ स्थित रमिते डाँडामा भएको साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष सुशीलकुमार जोशीले ढुवानी व्यवशायीलाई एकढिक्का बनाउन १७ बर्ष अघि संस्था स्थापना गर्दाको क्षण आज गर्व गर्न लायक बनेको अनुभव सुनाउनुभयो । उहाँले अहिले पनि राज्यले ढुवानी व्यवशायलाई हेर्ने नजरमा प...

सशस्त्रका जवानसहित २ जना बेपत्ता

सशस्त्रका जवानसहित २ जना बेपत्ता
डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन् । प्रहरी नायब उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार अस्ता शुक्रवार...

नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भनाइमा विपक्षीको आपत्ति

नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भनाइमा विपक्षीको आपत्ति
काठमाण्डाै – प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक, लिम्पियाधुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र वार्तामार्फत समाधान हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सोध्नुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भारत सरकारलाई अधिकारिक कूटनीतिक नोट पठाएकाे र त्यसको जवाफ पनि प्राप्त भइसकेको जानकारी दिनुभयो । यस्तै जवाफ दिने क्रममा प्रधानम...