एशिया कप क्रिकेटमा पाकिस्तानले युएईलाई ४१ रनले हरायो
काठमाण्डौ – एशिया कप क्रिकेटमा पाकिस्तानले युएईलाई ४१ रनले हराएको छ । दुबईमा हिजो भएको खेलमा पाकिस्तानले दिएको एक सय ४७ रनको लक्ष्य पच्छाएको युएई १७ ओभर ४ बलमा एक सय पाँच रनमा अलआउट भयो ।
पाकिस्तानका फखर जमानले ५०, शाहीन अफ्रिदीले २९ रन बनाए । युएईका जुनैद सिद्दिकीले चार विकेट लिए भने राहुल चोप्राले ३५ रन बनाए । जितसँगै पाकिस्तानले सुपर ४ मा नै स्थान पक्का गरेको छ । समूह ‘ए’ मा लगातार दुई खेल ...









