लैंगिक हिंसा रोक्न घरपरिवारबाटै अभियान सञ्चालन गर्नुपर्नेमा जोड
विराटनगर / विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले लैंगिक हिंसा रोकथाम र न्यूनीकरणका लागि घरपरिवारबाटै अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छन् ।
यूएनएफपीसँगको साझेदारीमा एवीसी नेपालद्वारा सञ्चालित लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको कार्यक्रममा बोल्दै कार्कीले लैंगिक विभेदमा आधारित हिंसा रोक्न घरपरिवार बढी जिम्मेवार हुनु आवश्यक रहेको बताइन् ।
...








