काठमाडाैं। सांग्रिला डेभलपमेन्ट बैंकले प्रहरी वृत्त दरबारमार्गलाई दुई थान कम्प्युटर, एउटा स्क्यानर र फोटोकपीसहितको प्रिन्टर (थ्री इन वान) मेसिन सहयोग गरेको छ।

केही दिनअघिको आन्दोलनमा भएको आगजनीमा ध्वस्त भएको प्रहरी वृत्तको कार्य सञ्चालनमा सहयोग पुगोस् भनेर संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत सहयोग गरिएको बैंकले जनाएकाे छ।

उक्त सहयोग सामग्री बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले वृत्तका इन्चार्ज प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठलाई मंगलबार हस्तान्तरण गरे। इन्चार्ज श्रेष्ठले यस प्रकारका सहयोगले कार्यालय सञ्चालन गर्न केही सहज बन्दै गएको भए पनि क्षति ठुलो भएकाले अझै धेरै सहयोग आवश्यक रहेको बताए।

तपाईको प्रतिक्रिया