ज्योति विकास बैंकका कर्मचारीमाथि नियोजित आक्रमण, बैंकको गम्भीर आपत्ति

ज्योति विकास बैंकका कर्मचारीमाथि नियोजित आक्रमण, बैंकको गम्भीर आपत्ति
काठमाडौँ : ज्योति विकास बैंकले आफ्ना कर्मचारीहरूमाथि भएको गम्भीर आपराधिक घटनाप्रति ध्यानाकर्षण गर्दै घोर भर्त्सना गरेको छ। बैंकका अनुसार, रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा. लि. का सञ्चालकसँग कर्जाको किस्ता नियमित गर्ने विषयमा छलफल गर्न गएको क्रममा बैंकका दुई जना कर्मचारीमाथि नियोजित रूपमा दुर्व्यवहार तथा आक्रमण भएको हो। बैंकका क्षेत्रीय कार्यालय बर्दिबासबाट खटाइएका ती कर्मच...

डिजेल र मट्टितेल प्रतिलिटर चार रुपैयाँले घट्यो : पेट्रोलमा दुई रुपैयाँ बढ्यो

डिजेल र मट्टितेल प्रतिलिटर चार रुपैयाँले घट्यो : पेट्रोलमा दुई रुपैयाँ बढ्यो
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य भने बढेको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो । मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जका लागि प्रतिलिटर १ सय ३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत र दाङका लागि १ सय ४१ रुपैयाँ र तेस्रो वर्ग काठमाडौँ, प...

२४ घण्टामा आगलागीका २२ घटना, दुईको मृत्यु

२४ घण्टामा आगलागीका २२ घटना, दुईको मृत्यु
पछिल्ला २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा आगलागीका २२ वटा घटना भएका र ती घटनामा परी दुई जनाको मृत्यु हो यस्तै, आगलागीसहितका विपदजन्य घटनामा नौ जना घाइते भएका छन्। पछिल्ला दिनमा आगलागीका घटना बढ्दै गएको जनाउँदै प्राधिकरणकी प्रवक्ता शान्ति महतले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेका छन्। ...

पाँचथरमा छुरा प्रहार गरी हत्या, ८२ वर्षीय वृद्ध प्रहरी नियन्त्रणमा

पाँचथरमा छुरा प्रहार गरी हत्या, ८२ वर्षीय वृद्ध प्रहरी नियन्त्रणमा
पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ खामेलकका ३६ वर्षीय प्रेमराज आङदेम्बेलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा सोही स्थानका ८२ वर्षीय वर्ण सिंह आङदेम्बेलाई प्रहरीले पक्राउ गरेको छ । वर्ण सिंहको घरमा सामान्य विवादको क्रममा प्रेमराजलाई छुरा प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको हो। घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरी टोलीले वर्ण सिंहलाई छुरीसहित...

पौष ०१ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

पौष ०१ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ । पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन् । रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सबल स्वास्थ्यक...

चालु आर्थिक वर्षको ४ महिनामा पौने ७ खर्ब रेमिटेन्स भित्रियो

चालु आर्थिक वर्षको ४ महिनामा पौने ७ खर्ब रेमिटेन्स भित्रियो
काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिक महिनामा असोजको तुलनामा रेमिटेन्स आप्रवाह घटेको छ । असोज महिनाको तुलनामा कात्तिक महिनामा ६४ अर्बले रेमिटेन्स घटेको हो । २०८२ कात्तिक महिनामा १ खर्ब ३३ अर्ब ८२ करोड रेमिटेन्स भित्रिएको छ । असोज महिनामा २ खर्ब १ अर्ब रुपैयाँ बराबर भित्रिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा रेमिटेन्स आप्रवाह ३१.४ प्रतिशत वृद्धि भई ६...

यू–१९ एशिया कप : नेपाल लगातार दोस्रो खेलमा पराजित

यू–१९ एशिया कप : नेपाल लगातार दोस्रो खेलमा पराजित
काठमाण्डाै – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ७ विकेटले पराजित भयो । नेपालले दिएको १ सय ३१ रनको लक्ष्य बङ्गलादेशले २४ ओभर ५ बलमा ३ विकेट गुमाएर भेटायो । बङ्गलादेशका जावाद अबरारले नटआउट ७० रन बनाए । नेपालका अभिषक तिवारी र युवराज खत्रीले १/१ विकेट लिए । यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को सेभेन्स स्टेडियममा टस हा...

डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण
सुजाता राई काठमाडौं। डा.चिन्तामणिनाथ योगीको आध्यात्मिक निबन्धसङ्ग्रह ‘चेतना यात्रा’ लोकार्पित भएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्राडा प्रेमनारायण अर्याल,प्राडा भागवत ढकाल,श्रीओम श्रेष्ठ ‘रोदन’,अम्बिका केसी र निबन्धकार डा.योगी लगायतले उक्त कृति लोकार्पण गरे । कृतिमाथि परिचर्चा प्राडा ढकालले गरे । उनले उक्त कृति गीताको आदर्शलाई पछ्याएर लेखिएको बताए । ...

फुटबलर भरत सम्मानित

फुटबलर भरत सम्मानित
काठमाडौं युरो आइबी वल्र्ड स्कुल, गोंगबुले फुटबलका भरत खवासलाई आइतबार नगदसहित सम्मान गरेको छ। काठमाडौं युरोले स्पोर्ट्स मिटको समापन कार्यक्रममा भरतलाई फुटबलको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्त्वपूर्ण योगदान गरेबापत सम्मान गरेको हो। लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा आयोजित कार्यक्रममा काठमाडौं युरोका अध्यक्ष प्रमोद पाण्डे, विद्यालय सञ्चालक समितिका सदस्यद्...

पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण हुँदा सेवाग्राहीलाई सहज

पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण हुँदा सेवाग्राहीलाई सहज
तनहुँ । पालिकाबाट चालु आर्थिक वर्षको तीन महिनामा पाँच हजार ३४० राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले यस अवधिमा १० हजार ५३६ राष्ट्रिय परिचयपत्र १० पालिकामा पठाएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए। अघिल्लो आव २०८१/८२ मा ६४ हजार ६८१ राष्ट्रिय परिचयपत्र पठाइएकामा १३ हजार ५५० वितरण भएका थिए । चालु आवको तीन महिनामा व्यास नगरपालिकाबाट एक हजार २६५, भानु न...