लुम्बिनीमा मनसुनजन्य विपद्का ९१ घटना, ८५ जनाको मृत्यु
दाङ । लुम्बिनी प्रदेशमा यस वर्षको मनसुन सुरु भएयता मनसुनजन्य विपद्का ९१ वटा घटना भएका छन्। ती घटनामा ८५ जनाको मृत्यु भएको छ भने १३ जना घाइते र दुई जना बेपत्ता भएका छन्। प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठकमा प्रस्तुत विवरणअनुसार जेठ १८ गतेदेखि भदौ ३ गतेसम्म भएका विपद्का घटनामा सबैभन्दा धेरै ५८ जनाको पानीमा डुबेर मृत्यु भएको छ। यस्तै, पहिरोमा २०, बाढीमा चार र चट्याङमा तीन जनाको मृत्यु भएको छ।...








