टी-२० सिरिज खेल्न भारत ए टिम नेपाल आउने

टी-२० सिरिज खेल्न भारत ए टिम नेपाल आउने
काठमाडौं, २६ असार । नेपाली राष्ट्रिय टिमसँग तीन खेलको टी २० सिरिज खेल्न भारतको ए टिम नेपाल आउने भएको छ ।   नेपाल क्रिकेट संघ (क्यान) ले सो सिरिज आगामी डिसेम्बरमा हुने जानकारी दिएको छ । क्यानका अनुसार नेपाल र भारत ए बीच डिसेम्बर ९, ११ र १३ मा टियु क्रिकेट मैदानमा खेल हुने भएको छ । स्कटल्याण्डमा सम्पन्न आइसीसी कन्फेरेन्सका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का तथा भारती...

महालक्ष्मी विकास बैंकको कफी लाउन्जसहितको डिजिटल हबको उद्घाटन

महालक्ष्मी विकास बैंकको कफी लाउन्जसहितको डिजिटल हबको उद्घाटन
काठमाडौं। महालक्ष्मी विकास बैंकको काठमाडौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबको औपचारिक उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ। आज एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफी लाउन्जसहितको डिजिटल हब रहको कार्यालय भवनको उद्घाटन गरेका हुन्। सो कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समित...

पोखरा र समृद्धि फाइनान्स एक भए, आजदेखि ‘पोखरा फाइनान्स’कै नाममा एकीकृत सेवा

पोखरा र समृद्धि फाइनान्स एक भए, आजदेखि ‘पोखरा फाइनान्स’कै नाममा एकीकृत सेवा
काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुई वित्तीय संस्था गाभिएसँगै आजदेखि ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु भएको हो। दुवै संस्थाले नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट आवश्यक कानुनी स्वीकृति प्राप्त गरेपछि मर्जर प्रभावकारी भएको बताएका छन्। मर्जरसँगै समृद्ध...

रिलायबल नेपाल लाइफका ३.७१ करोडभन्दा बढी सेयरको लक–इन साउन ३० मा खुल्ने

रिलायबल नेपाल लाइफका ३.७१ करोडभन्दा बढी सेयरको लक–इन साउन ३० मा खुल्ने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ३ करोड ७१ लाखभन्दा बढी कित्ता सेयरको लक–इन अवधि आगामी साउन ३० गतेदेखि समाप्त हुने भएको छ। लक–इन अवधि सकिएसँगै ती सेयर कारोबारका लागि योग्य हुनेछन्। कम्पनीका अनुसार लक–इन अवधि समाप्त हुने कुल ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरमध्ये ३ करोड ६३ लाख ७७ हजार ६ सय कित्ता संस्थापक समूहको सेयर रहेको छ। बाँकी ७ लाख ७९ हजार ५२० कित्ता सेयर कर्...

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि
काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म ओरालो लागेको सुनको मूल्यमा शुक्रबार उल्लेखनीय सुधार देखिएको छ। एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले मूल्य बढेपछि सुनको घट्दो श्रृंखला रोकिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८४ हजार ७ सय रुप...

बैंकिङ प्रणालीको अधिक तरलता तान्न राष्ट्र बैंकको कदम, ६० अर्ब रुपैयाँ निक्षेप संकलन हुँदै

बैंकिङ प्रणालीको अधिक तरलता तान्न राष्ट्र बैंकको कदम, ६० अर्ब रुपैयाँ निक्षेप संकलन हुँदै
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले त्यसलाई व्यवस्थापन गर्न ६० अर्ब रुपैयाँ बजारबाट फिर्ता तान्ने भएको छ। केन्द्रीय बैंकले ९१ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो। राष्ट्र बैंकका अनुसार यसका लागि बैंक तथा वित्तीय संस्थाले शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल (बिडिङ) प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम...

बुक बिल्डिङमार्फत आईपीओ बिक्रीको तयारीमा टाइम फर्मास्यूटिकल्स

बुक बिल्डिङमार्फत आईपीओ बिक्रीको तयारीमा टाइम फर्मास्यूटिकल्स
काठमाडौं, २६ असार । टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक बिल्डिङ प्रक्रियाअन्तर्गत योग्य संस्थागत लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनको औपचारिक प्रक्रिया अघि बढाएको छ। कम्पनीले रोडशो सम्पन्न गरेसँगै संस्थागत लगानीकर्ताबाट गोप्य शिलबन्दी आशयपत्र (बिड) माग गरेको हो। बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार कम्पनीले जारी पूँजीको २०.२५ प्रतिशत बराबर १० लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्क...

सञ्चारकर्मी सञ्चार सहकारीद्वारा चार पत्रकार पुरस्कृत हुँदै

सञ्चारकर्मी सञ्चार सहकारीद्वारा चार पत्रकार पुरस्कृत हुँदै
विराटनगर / सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो १५औँ स्थापना दिवसको अवसरमा यसवर्ष चारजना पत्रकारहरूलाई पुरस्कृत गर्ने भएको छ। सहकारीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुरस्कार दातासहितको परामर्श र पुरस्कार छनोट समितिको सिफारिसका आधारमा पुरस्कृत हुने पत्रकारहरूको नाम टुंगो लगाएको हो। संस्थाका अध्यक्ष दीपक दाहालका अनुसार हरेक वर्ष असार २७ गते मनाइने स्थापना दिवसको अवसर पारेर यी पु...

विराटनगर महानगरमा सेनाको उच्च अधिकारीहरुको अध्ययन भ्रमण, स्थानीय शासनदेखि सुरक्षा रणनीतिसम्म छलफल

विराटनगर महानगरमा सेनाको उच्च अधिकारीहरुको अध्ययन भ्रमण, स्थानीय शासनदेखि सुरक्षा रणनीतिसम्म छलफल
विराटनगर ÷ नेपाली सैनिक वार कलेज, नगरकोटमा सञ्चालित सि.नं. १४ हायर कमाण्ड एन्ड म्यानेजमेन्ट तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको टोलीले विराटनगर महानगरपालिकाको अध्ययन–अवलोकन भ्रमण गर्दै स्थानीय सरकारको सेवा प्रवाह, सुशासन र विपद् व्यवस्थापनका अभ्यासबारे जानकारी लिएको छ। सहायक रथी कमल बानियाँको नेतृत्वमा आएको सेनाको टोलीले महानगरले प्रदान गरिरहेका सार्वजनिक सेवा, सीमा क्षेत्रको सुरक्षा व...

सीमातर्फ लैजाँदै गरेको कारबाट गाँजा बरामद

सीमातर्फ लैजाँदै गरेको कारबाट गाँजा बरामद
विराटनगर : मोरङको जहदा गाउँपालिकाबाट भारततर्फ लैजाँदै गरिएको कारबाट १९ किलोभन्दा बढी गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीको गस्ती टोलीले कार रोक्न खोजेपछि चालक भने सवारीसाधन छाडेर फरार भएका छन्। सशस्त्र प्रहरी बलका अनुसार जहदा गाउँपालिका–१ नयाँ बस्तीबाट बिहीबार राति करिब ८ः५० बजे बा १२ च ७५५२ नम्बरको कार नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) मधुमल्लाबाट सई भोलाब...