सुधार केन्द्रमा राखिएकी महिलाको मृत्यु

सुधार केन्द्रमा राखिएकी महिलाको मृत्यु
झापा/ अर्जुनधारा नगरपालिका–११ स्थित क्षितिज महिला विकास सुधार केन्द्रमा राखिएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शिवसताक्षी नगरपालिका–१० माइधार बस्ने ३२ वर्षीया सुष्मा लिम्बु फागुन ३ गतेदेखि सुधार केन्द्रमा राखिएकी थिइन्। उनलाई मदिरा सेवनका कारण परिवारले सुधार केन्द्रमा राखेको बताइएको छ। मंगलबार बिहान करिब ९ः१५ बजे अचानक पेट दुखेपछि उनलाई उपचारका लागि...

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना
काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे रु एक लाखसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले कानुनअनुसार समितिबाट स्वीकृति नलिई पात्रो तथा क्यालेण्डर प्रकाशन गर्न नपाइने बताए । “समितिबाट स्वीकृत नलिई पात्रो त...

टी-२० विश्वकप: सुपर- ८ को समीकरण आज पूरा हुँदै, पाकिस्तानलाई जित्नै पर्ने दबाब

टी-२० विश्वकप: सुपर- ८ को समीकरण आज पूरा हुँदै, पाकिस्तानलाई जित्नै पर्ने दबाब
विराटनगर / आईसीसी टी–२० विश्वकपमा आज सुपर–८ को समीकरण पूरा हुँदै छ। समूह ‘ए’ बाट सुपर–८ मा पुग्ने दोस्रो टिम तय भएसँगै अघिल्लो चरणमा पुग्ने सबै ८ टिमको टुंगो लाग्नेछ। अन्य समूहबाट अघिल्लो चरणमा पुग्ने टिम तय भइसकेकाले पाकिस्तान र नामिबियाबीच दिउँसो हुने खेलले सुपर–८ पुग्ने अन्तिम टिमको टुंगो लगाउनेछ। समूह ‘ए’ बाट भारत शीर्ष स्थानमा रहेर सुपर–८ मा स्थान बनाउँदा दोस्रो टिमको टुंगो दिउँसो ३:१५ बजे...

ईलामको कोल्बुङमा सुख्खा पहिरो,यातायात अबरुद्ध

ईलामको कोल्बुङमा सुख्खा पहिरो,यातायात अबरुद्ध
विराटनगर / मेची राजमार्गको रोङ गाउपालिका अन्तर्गत कोल्बुङमा गएराती करिब ९ बजे सुख्खा पहिरो गएर सडक अबरुद्ध भएपछी झापा बाट इलाम सदरमुकाम सहित पाँचथर र ताप्लेजुङ हिडेका यात्रुबाहक तथा मालबहाक सवारीसाधन झापा इलाम सिमाना जोरकलसमा नै रोकिएका छन । सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । बैकल्पिक राजमार्गको रुपमा मेची करिडोर(फास्ट ट्रयाक) भञ्ज्याङ् बेलासे हुँदै झापा ओहोरदोहोर...

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुलै रहने

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुलै रहने
काठमाडौं। सार्वजनिक बिदाका दिनसमेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र बिहीबार सार्वजनिक बिदा भए पनि राहदानी वितरणलगायत कामका लागि विभाग खुला रहने जनाएको छ। सरकारले आज ग्याल्पो ल्होछार र भोलि प्रजातन्त्र दिवस अवसरमा सार्वजनिक बिदा दिएको छ। दुवै दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ। विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाए...

निर्वाचन आउन १५ दिन बाँकी, प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

निर्वाचन आउन १५ दिन बाँकी, प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह
काठमाडौँ : निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ । आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र नगराउन एवम् सहयोगी भूमिका निर्वाह गरिदिन पनि आम सञ्चारलगायतका सम्बन्धित पक्षसँग आग्रह गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’...

करार कर्मचारीलाई पनि महँगी भत्ता

करार कर्मचारीलाई पनि महँगी भत्ता
काठमाडौँ, फागुन ६ गते । अब करार सेवाका कर्मचारीले पनि महँगी भत्ता पाउने सुनिश्चित भएको छ । गत भदौ २ गते सर्वोच्च अदालतले करार सेवामा कार्यरत सबै कर्मचारीलाई महँगी भत्ता दिन गरेको आदेशविरुद्ध सरकारले पुनः सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो तर अदालतले सोमबार पुनरवलोकनको अनुमति प्रदान गर्न नमिल्ने आदेश दिएसँगै अब करार सेवाका कर्मचारीले पनि महँगी भत्ता पाउने सुनिश्चित भएको हो । सर्वोच्च अदालतको...

१२ वर्षपछि विश्वकपमा जित, स्कटल्यान्ड ७ विकेटले पराजित

१२ वर्षपछि विश्वकपमा जित, स्कटल्यान्ड ७ विकेटले पराजित
मुम्बई – आइसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ। सन् २०१४ यता विश्वकपमा जित निकाल्न नसकेको नेपालले १२ वर्षरपछि विश्वकपमा जित दर्ता गरेको हो। नेपालले सन् २०१४ मा हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो। यो नेपालको तेस्रो जित हो। मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँद...

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा
काठमाडौं। शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन्। पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्न...

आरजु गिरीको नयनमा कृष्णदेव र प्रविणको सहकार्य

आरजु गिरीको नयनमा कृष्णदेव र प्रविणको सहकार्य
काठमाडौँ । लेखन विधामा निरन्तर कलम चलाई रहेका गीतकार तथा गजलकार आरजु गिरीको ‘नयन’ गीतको भिडियो सार्वजनिक भएको छ । आर्जु गिरीको शब्द रचना रहेको गीतमा प्रविण बेडवालको स्वर रहेको छ । जसमा सन्दीप वस्ती र उपासना पाठकको प्रेम र रोमान्सका किस्साहरुलाई निर्देशक कृष्णदेव रुपाखेतीले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् । प्रविणको जादुमयी स्वरमा दुवै कलाकार गज्जबले भावनामा डुबेको दृश्य निकै नै लोभलाग्...