काठमाडौं। सार्वजनिक बिदाका दिनसमेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र बिहीबार सार्वजनिक बिदा भए पनि राहदानी वितरणलगायत कामका लागि विभाग खुला रहने जनाएको छ।

सरकारले आज ग्याल्पो ल्होछार र भोलि प्रजातन्त्र दिवस अवसरमा सार्वजनिक बिदा दिएको छ। दुवै दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ।

विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ। यस्तै बिहीबार राहदानीका लागि आवेदन फारम संकलन हुनेछ।अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया