उपाधि दौडमा रहेको रियललाई गेटाफेको झट्का
काठमाडौँ, फागुन १९ गते । स्पेनिस ला लिगाको उपाधि होडमा रहेको रियल म्याड्रिडलाई गेटाफेको झट्का लागेको छ ।
घरेलु मैदानमा सोमबार राति भएको खेलमा रियल गेटाफेसँग १–० गोलले हरायो । यस हारले रियलको उपाधि दौडमा ठूलो धक्का लागेको छ । रियलको हारले शीर्ष टोली बार्सिलोनालाई फाइदा पुगेको छ ।
गेटाफेलाई जिताउन मार्टिन साट्रियानोले ३९औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बनेको थियो । उहाँले रियलको रक्षकको कमजोर...









