यार्सागुम्बा, गुच्ची च्याउ र २० लाखसहित दुई जना काठमाण्डौंबाट पक्राउ
काठमाडौं । अवैध जडीबुटी र ठूलो परिमाणको नगदसहित दुई जना पक्राउ परेका छन्।
काठमाडौं–१६ नयाँबजार क्षेत्रबाट सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा नयाँबजार बस्ने ३७ वर्षीय चीनियाँ नागरिक मा मासु र काठमाडौं–३१ घर भएका ३६ वर्षीय नबिला बानु रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट २० लाख रुपैयाँ नगद, यार्सागुम्बा...









