कोठामा आफैं आगो लगाउँदा घाइते भएका अर्जुनचौपारीका एक पुरुषको मृत्यु
आगलागीबाट घाइते भएर उपचाररत रहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ रैतेका एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार रैतेका ३९ वर्षीय थमबहादुर सार्कीको मृत्यु भएको हो ।
उनले बुधबार दिउँसो आफू सुत्ने कोठामा आफैं आगो लगाएको प्रहरीले जनाएको छ । उक्त आगोमा उनी गम्भीर रूपमा जलेका थिए ।
घटनामा सार्कीको अनुहारलगायत शरीरका विभिन्न भाग जलेको थियो । त्यहाँबाट उद्धार गरे...









