बाह्र दिनमा चार सय २२ विपद्का घटना

बाह्र दिनमा चार सय २२ विपद्का घटना
काठमाडौँ- वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १२ गतेसम्म देशभर भएका विपद्मा परेर २३ जनाको निधन भएको छ भने विपद्मा परेर ७३ घाइते भएका छन् । प्राधिकरणका अनुसार सो अवधिमा आगलागीमा २१७, चट्याङ १४, हुरीबतासका २९ र लेक लागेर तीन घटना भएका छन् । त्यस्तै, डुङ्गा पल्टेर एक, डढेलो ११४, सर्पदंश २०, ज...

बस्ती छाड्दै मनोहराका सुकुम्बासी, नक्कली सुकुम्बासीले अधिकांश घरटहरा भाडामा लगाएको भेटियो

बस्ती छाड्दै मनोहराका सुकुम्बासी, नक्कली सुकुम्बासीले अधिकांश घरटहरा भाडामा लगाएको भेटियो
भक्तपुर। भक्तपुरको मनोहरास्थित सुकुम्बासी बस्तीका बासिन्दा बस्ती खाली गर्न थालेका छन्। सार्वजनिक र व्यक्तिको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली गराउन थालेपछि मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा खोला किनाराका सुकुम्बासीले बस्ती छाडेका हुन्। सरकारको सुकुम्बासी बस्ती खाली गराउने अभियानप्रति पूर्ण समर्थन गर्दै यहाँका ७७७ परिवारले बस्ती छाड्न थालेका हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरक...

भूमिहीन तीस दिनभित्र सम्पर्कमा आउनु: वीरगञ्ज महानगरपालिका

भूमिहीन तीस दिनभित्र सम्पर्कमा आउनु: वीरगञ्ज महानगरपालिका
वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन पुगेका र मुलुकको अन्य भू–भागमा कतै पनि जग्गा नभएका भूमिहीनलाई तीस दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ । डिभिजन सडक हेटौँडाले गत वैशाख ६ गते वीरगञ्जको गण्डकचोकदेखि मितेरीपुलसम्म सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन थालेको हो । वीरगञ्ज महानगर प्रशासन तथा व्यवस्थापन महाशाखाका प्रमुख सुनिलकुमार कर्...

मन्त्रीसमक्ष घाइते विद्युत् कर्मचारी देवीप्रसाद निरौलालाई आर्थिक सहयोगको माग

मन्त्रीसमक्ष घाइते विद्युत् कर्मचारी देवीप्रसाद निरौलालाई आर्थिक सहयोगको माग
१० वैशाख/ मधुमल्ला मिक्लाजुङ गाउपालिकाले सडक दुर्घटनामा गम्भीर घाइते भएका मिक्लाजुङ–७ निवासी विद्युत् कर्मचारी देवीप्रसाद निरौलालाई उपचारका लागि आवश्यक आर्थिक सहयोग उपलब्ध गराइदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई ध्यानाकर्षण गराएको छ। बिहिबार गाउपालिका अध्यक्ष बबिकुमार राई र मोरङ निर्वाचन क्षेत्र नं. १ का सांसद यज्ञमणि न्यौपानेले मन्त्रालयमा मन्त्री श्रेष्ठलाई भेट गरी घटनाब...

६ महिनामा १ लाख ७६ हजार सवारी लाइसेन्स वितरण गरिने

६ महिनामा १ लाख ७६ हजार सवारी लाइसेन्स वितरण गरिने
भक्तपुर। यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपांग्रे र चारपांग्रेका एक लाख ७६ हजार २५० थान सवारी अनुमतिपत्र (लाइसेन्स) ६ महिनाभित्र वितरण सक्ने योजना बनाएको छ। कार्यालयले मंगलबारदेखि सन् २०२२ देखि २०२४ सम्मका सबै र २०२५ का केही सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको र बिहीबारसम्म जम्मा तीन हजार सवारी अनुमतिपत्र वितरण गरेको कार्यालयका सूचना अधिकारी जीवन बस्नेतले जानकारी दिए। ...

अवैध सामान बेच्ने ५३ फर्ममा अनुगमन, सुधार गर्न निर्देशन

अवैध सामान बेच्ने ५३ फर्ममा अनुगमन, सुधार गर्न निर्देशन
काठमाडौं। बजार अनुगमनलाई प्रभावकारी बनाउँदै उपभोक्ताको अधिकार संरक्षण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता बढाएको छ। कम मात्रामा फर्म वा व्यापारिक प्रतिष्ठानमा अनुगमन गर्दै आएको विभागले पछिल्ला दिनमा एकै पटक ठूलो सङ्ख्यामा अनुगमन गर्दै आएको हो। यसै क्रममा विभागले काठमाडौं महानगर १ दरबारमार्ग र वडा नं ३० को कमलपोखरी क्षेत्रका व्यावसायिक प्रतिष्ठान, फर्ममा अनुगमन गरेक...

‘लुम्बिनीको अन्तरराष्ट्रिय प्रवर्द्धनमा नेपाल-दक्षिण कोरियाबीच सहकार्यको आवश्यकता’ : गृहमन्त्री गुरुङ

‘लुम्बिनीको अन्तरराष्ट्रिय प्रवर्द्धनमा नेपाल-दक्षिण कोरियाबीच सहकार्यको आवश्यकता’ : गृहमन्त्री गुरुङ
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बौद्ध सम्पदा र लुम्बिनीको विश्वव्यापी प्रचार-प्रसारका लागि नेपाल र दक्षिण कोरियाबीच सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् । गृह मन्त्रालयमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताय योङसँग भएको शिष्टाचार भेटका क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । भेटमा गृहमन्त्री गुरुङले नेपालमा कोरियाली लगानीमा सञ्चालित उद्योग-व्यवसाय र लगानीकर्ताको सुरक्षा स...

७ प्रतिशत आर्थिक वृद्धिदर भए मात्रै १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ- अर्थमन्त्री वाग्ले

७ प्रतिशत आर्थिक वृद्धिदर भए मात्रै १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ- अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले देशको अर्थतन्त्र १०० अर्ब डलर बनाउने गरी काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् । बिहीबार अन्तर-सरकारी वित्त परिषद्को बैठकलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले बजेटमा सोहीअनुसार निर्माण हुने बताएका हुन् । उनले सरकारको नियमित बजेटभन्दा बाहिरबाट पनि विकास निर्माणको काम कसरी छिटो गर्न सकिन्छ भन्नेबारे सरकारले सोचिरहेको सुनाए । उनले ठूला-ठूला सडक आयोजना तथा...

पोर्चुगलमा नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन

पोर्चुगलमा नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
पोर्चुगल। पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको नेपाली दूतावासले एक वर्षमा राहदानीलगायतका कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवामा उल्लेख्य प्रगति गरेको छ। सोमबार पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारसँगको भेटघाट, छलफल तथा अन्तरक्रियामा दूतावासले आफ्नो वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै दूतावास स्थापनाको एक वर्षको अवधिमा ३५ हजार बढीको सङ्ख्यामा राहदानीलगायत कागजात प्रमाणीकरणसम्बन्धी (कन्सु...

वर्षको पहिलो दिन बढ्यो सेयर बजार

वर्षको पहिलो दिन बढ्यो सेयर बजार
काठमाडौं। नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन आज सेयर बजार ३३ अंक बढेको छ। योसँगै आज बजार परिसूचक नेप्से २८६६ विन्दुमा पुगेको छ।् कारोबारका आधारमा पनि बढेको छ। अघिल्लो दिन ८ अर्ब ६६ करोडको कारोबार भएकोमा आज १० अर्ब ५३ करोड रुपैयाँको सेयर किनबेच भएको हो। आज कूल २२१ कम्पनीको मूल्य बढ्दा ४५ को घट्यो। तीन कम्पनीको मूल्य स्थिर रह्यो। आज ७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। जसमा पाल्पा सिमेन्ट,...