आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल
गलकोट (बागलुङ), साउन ३ गते। बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। हरियाली खेतबारीले घेरिएको मनमोहक बराहताल आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको हो।
बागलुङको पर्यटकीय गाउँका रूपमा नाम कमाएको भकुण्डेस्थित बराहतालमा युवायुवती घुम्न तथा भकुण्डेको शिरमा रहेको घरबास ९होमस्टे०मा अर्गानिक परिकारका स्वाद लिन पुग्ने गरेका छन्।
बागलुङ ...








