काठमाडौं। नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन आज सेयर बजार ३३ अंक बढेको छ। योसँगै आज बजार परिसूचक नेप्से २८६६ विन्दुमा पुगेको छ।्

कारोबारका आधारमा पनि बढेको छ। अघिल्लो दिन ८ अर्ब ६६ करोडको कारोबार भएकोमा आज १० अर्ब ५३ करोड रुपैयाँको सेयर किनबेच भएको हो।

आज कूल २२१ कम्पनीको मूल्य बढ्दा ४५ को घट्यो। तीन कम्पनीको मूल्य स्थिर रह्यो। आज ७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ।

जसमा पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, सुपर खुदी हाइड्रोपावर, शिखर पावर र सिन्धु विकास बैंक छन्।

रिलायन्स स्पिनिङ मिल्सको मूल्य सबैभन्दा धेरै ५.६१ प्रतिशत घट्यो। आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र रिडी पावर छन्।

तपाईको प्रतिक्रिया